दादुरा–रुवेला विरुद्धको खोप अभियान फागुन १३ गतदेखि

    • स्वास्थ्य पेज

  • १३ माघ २०८०, शनिबार

नेपालगन्जः आगामी फागुन दोस्रो सातादेखि सरकारले देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । फागुन १३ देखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै खोप अभियान सञ्चालन गरिन लागिएको हो ।

नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुरा–रुवेला विरुद्धको खोप दिन लागेको हो । भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाबाट अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका सबै बालबालिकालाई उक्त खोप लगाइने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले जानकारी दिनुभयो ।

जाजरकोट र रुकुम पश्चिममा भने यसअघि नै खोप अभियान सञ्चालन गरिएको थियो । फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियानका क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने उहाँले बताउनुभयो ।

  • १३ माघ २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech