तराईमा बाक्लो हुस्सु, दुई प्रदेशमा हिमपातको सम्भावना

    • स्वास्थ्य पेज

  • ८ माघ २०८०, सोमबार

नेपालगन्जः हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । आज बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

निरन्तर हुस्सुका कारण तराईको जनजीवन प्रभावित भएको छ । मानिसले घरबाहिर निस्किएर हिँडडुलसमेत गर्न सकिरहेका छैनन् ।

विद्यालय धमाधम बन्द भइरहेका छन् भने यातायातसमेत चल्न सक्ने अवस्था छैन । महाशाखाले चिसोबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • ८ माघ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech