महाराजगञ्ज मेडिकल क्याम्पसको कार्डियो विभाग प्रमुखमा डा. चन्द्रमणि पौडेल नियुक्त

    • स्वास्थ्य पेज

  • ७ माघ २०८०, आईतवार

नेपालगन्जः त्रिभुवन विश्व विद्यालय अन्तर्गतको महाराजगञ्ज मेडिकल क्याम्पसको कार्डियो विभागको प्रमुखमा एसोसिएट प्रोफेसर डा.चन्द्रमणि पौडेल नियुक्त हुनुभएको छ । कलेजले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटु रोग विशेषज्ञको रुपमा कार्यरत डा.पौडेललाई विभागीय प्रमुखको जिम्मेवारी दिएको हो ।

सन् २००३ देखि चिकित्सकको रुपमा कार्यरत पौडेलसँग करिब २० वर्षको कार्यअनुभव छ । स्याङग्जाको हिमालयन बोर्डिङ स्कुलमा अध्ययन गरेका डा‍.पौडेल एसएलसीमा जिल्लाकै सर्वोत्कृष्ट विद्यार्थी हुनुहुन्थ्यो ।

यसका साथै पोखराको पृथ्वी नारायण क्याम्पसबाट विज्ञान सङ्काय अध्ययन गर्नुभएका डा.पौडेलले प्रवीणता प्रमाण पत्र तहमा पनि सर्वोत्कृष्ट हुनुभएको थियो । नेपालगञ्ज मेडिकल कलेजबाट पूर्ण छात्रवृत्तिमा चिकित्सा शास्त्रमा स्नातक गरेका डा.पौडेलले इन्टरनल मेडिसिनमा स्नातकोत्तर(एमडी) गर्नुभएको छ । उहाँले कार्डियो विषयमा विद्यावारिधि (डक्टरेट अफ मेडिसिन) डीएम हासिल गर्नुभएकाे छ ।

  • ७ माघ २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech