नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयहरुमा जाडो बिदा दिएको छ । चिसो अत्याधिक बढेपछि सामुदायिक, संस्थागत र धार्मिक बिद्यालयहरुमा भोलिदेखि माघ ६ गतेसम्म जाडो विदा दिइएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
अत्याधिक जाडो तथा शीतलहर बढेसँगै बिद्यालय सञ्चालनमा कठिनाई भएकाले बिदा दिइएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो ।
उपमहानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण बिद्यालयहरुमा माघ ४ गतेदेखि ६ गतेसम्म जाडो बिदा दिइएको हो । नेपालगन्जमा एक साता यता शीतलहर चलेसंगै चिसो अत्याधिक बढेको छ ।