नेपालगन्ज: नेपालगन्ज-१० गणेशमान चोकस्थित लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर नयाँ व्यवस्थापनका साथ सुरु भएको छ ।
पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टरमा न्युरो केयर सेवा, नेफ्रो केयर सेवा तथा ग्यास्ट्रो केयर, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्रीरोग सम्वन्धि सेवा, वालराेग , हाडजाेर्नी, फिजिसियन सेवा जस्ता सेवालाई प्राथमिकता दिई सन्चालन गरिएको छ ।
साथै त्यस सेन्टरमा आउने अन्य बिरामीहरुका लागि त्यहाँका चिकित्सक बाहेकका अन्य विशेषज्ञ सेवाका चिकित्सकहरुसँगै उक्त सेन्टरमै जाँच गराइने सन्चालकले जानकारी दिएका छन् ।
त्यस सेन्टरमा न्युरो सर्जन डा.सुवोध गौतम, कन्सल्टेन्ट फिजिसियन तथा मृगौला रोग विशेषज्ञ डा.सौरभ हमाल, ग्यास्ट्रो सर्जन डा. कृष्ण मोहन अधिकारी र नाक कान घाँटी विशेषज्ञ डा. कपिल शाही लगायत अन्य विशेषज्ञ चिकित्सकहरुले सेवा दिनुहुनेछ ।