दुर्घटनामा बालरोग विशेषज्ञ डा.गौतमको निधन

    • स्वास्थ्य पेज

  • २८ पुष २०८०, शनिबार

नेपालगन्जः चन्द्रागिरीको सेतो पहरामा भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चिकित्सक परिवार रहेका छन्। आज बिहान काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको भ्यान करिव १२ बजेतिर हिमचुली सेतो पहरास्थित सडकबाट पाँच सय मिटर तल खसेको थियो। दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

भ्यानमा सवारमध्ये एक जना सकुसल रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ। दुर्घटनामा ३८ वर्षीय डा महेशकुमार गौतमको परिवारको मृत्यु भएको हो। डा गौतमसहित उहाँका ४ वर्षीय छोरा प्रियान्स गौतम, ६ वर्षीया छोरी स्मारिका गौतम, ६७ वर्षीय ओमकार निधि तिवारी र ६४ वर्षीया कल्पना तिवारीको मृत्यु भएको हो।

बाल रोग विशेषज्ञ डा गौतम नेपाल आस्थमा एलर्जी सेन्टर लाजिम्पाटमा कार्यरत हुनुहुन्थ्यो ।  गौतमकी श्रीमति डा सृष्टि तिवारी गौतम भने भने बाच्न सफल हुनु भएको छ । डा सृष्टि क्यान्सर रोग विशेषज्ञ हुनुहुन्छ ।

समाचारको हेडलाइन फरक पर्न गएकोमा सच्चाइएको छ । सम्पादक

  • २८ पुष २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech