नेपालगन्ज: कोहलपुर नगरपालिकाका अधिकृत छत्र बहादुर खत्रीको निधन भएको छ । कोहलपुर नगरपालिका कृषि शाखामा कार्यरत अधिकृत छैटौं तह खत्रीको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा निधन भएको हो ।
कोहलपुर नगरपालिका-६ निवासी ५८ वर्षीय खत्रीको आज निधन भएको कोहलपुर नगरपालिकाले जनाएको छ । खत्री क्यान्सर रोगबाट पीडित भएको बताइएको छ ।
खत्रीको निधनमा कोहलपुर नगरपालिकाले आज शोक बिदा दिएको छ । पालिकासहित १५ वटै वडा कार्यालयमा आज शोक बिदा दिइएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।