भूकम्प प्रभावित जिल्लामा खोप अभियान सञ्चालन हुने

    • स्वास्थ्य पेज

  • १ पुष २०८०, आईतवार

रूकुम पश्चिमः गत कात्तिक १७ गते राती गएको भूकम्पका कारण प्रभावित क्षेत्रमा विशेष खोप अभियान सञ्चालन गरिने भएको छ । भूकम्पपछि आउनसक्ने सम्भावित स्वास्थ्य जोखिमलाई ख्याल गर्दै खोप कार्यक्रम अगाडी बढाइने भएको हो । रूकुम पश्चिमको सदरमुकाम मुसिकोटमा आज आयोजित जिल्ला खोप समन्वय समिति र संञ्चारकर्मीहरूसँगको अभिमुखीकरण बैठक मार्फत यसको जानकारी गराईएको हो ।

स्वास्थ्य सेवा कार्यालय रूकुम पश्चिमका निमित्त स्वस्थ्य सेवा व्यवस्थापक सुशील पोखरेलले रूकुम पश्चिम र जाजरकोटमा यही पुस ५ देखि १४ गतेसम्म अभियान सञ्चालन गरिने जानकारी गराउनुभयो । स्वास्थ्य सेवा कार्यालय रूकुम पश्चिमका खोप निरीक्षक कृष्णा खड्काले विशेष खोप अभियान अन्तर्गत ६ महिनादेखि १५ वर्षसम्मका लागी दादुरा रूवेला र १६ महिनादेखि ४५ बर्षसम्मका लागि टाइफाइडको खोप दिने कार्यक्रम रहेको बताउनुभयो ।

नियमित खोप कार्यक्रम कार्यतालिका अनुसार सञ्चालन हुने भएपनि यो विशेष खोप अभियान भएको बताउँदै निरीक्षक खड्काले रूकुम पश्चिमका प्रभावित क्षेत्रका करिब १ लाख २४ हजार नागरिकका लागि खोप कार्यक्रम चलाउने बताउनुभयो । खोप कार्यक्रम प्रभावित क्षेत्रका सामुदायिक विद्यालय, यसअघिका खोप केन्द्र र स्थानीयलाई पायक पर्ने ठाउँ तथा अन्तिम दिनमा छुटेकाहरूको लागि सम्बन्धित स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

  • १ पुष २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech