अपांगता भएका व्यक्तिलाई लक्षित गरी कुसुममा स्वास्थ्य शिविर

    • स्वास्थ्य पेज

  • १९ मंसिर २०८०, मंगलवार

राप्तीसोनारीः अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरी बाँकेको कुसुममा स्वास्थ्य परीक्षण तथा लेखाजोखा शिविर गरिएको छ । राप्ती सोनारी गाउँपालिकाको आयोजना तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्राविधिक सहयोगमा खासकुश्मा स्वास्थ्य चौकी शिविर गरिएको हो । उक्त शिविरमा ४० जनाले सेवा लिएका थिए ।

आँखा सम्बन्धी ११, सामान्य चिकित्सा ६, नाक, कान, घाँटी सम्वन्धी १०, अडियोग्राम सम्वन्धी ८ र स्वास्थ्य पुनःस्थापना सेवा सम्वन्धी १७ जनाले सेवा लिएको राप्तीसोनारी अस्पतालका प्रमुख डा.राम साहले जानकारी दिनुभयो । त्यसक्रममा गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले अपांगता भएका व्यक्तिहरुको स्वास्थ्यमा पहुँच पुर्याउन शिविर आयोजना गरिएको बताउनुभयो। उहाँले स्वास्थ्यमा सबैको पहुँच पुर्याउने गरी गाउँपालिका लागि परेको पनि उल्लेख गरेका छन् ।

त्यसैगरी कार्यक्रममा सहभागी उपाध्यक्ष मनिषा थारुले अपांगता भएका व्यक्तिहरुको सहज पहुँच स्थापनाका लागि पालिका लागि परेको बताउनुभयो । उहाँले अपांगता भएका व्यक्तिहरुको जीवनयापनमा सहजता ल्याउने गरी आयआर्जनका कार्यक्रमदेखि सहयोग सामाग्री समेत पालिकाले उपलब्ध गराउने गरेको बताउनुभयो । कार्यक्रममा अपांग संजालका संयोजक यमराज वली, पालिकाका स्वास्थ्य शाखाका सुरेश शर्मा, कुसुम स्वास्थ्य चौकी प्रमुख अमरसिंह महतरालगायतको उपस्थिति रहेको डा.साहले जानकारी दिनुभयो ।

  • १९ मंसिर २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech