कोहलपुरमा यसरी मनाइयो महिला स्वास्थ्य स्वयंसेविका दिवस

    • स्वास्थ्य पेज

  • १९ मंसिर २०८०, मंगलवार

कोहलपुरः कोहलपुर नगरपालिकाले ८ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित गरेको छ । २० औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा कोहलपुर नगरपालिकाले रुद्रा खड्का, मन कुमारी नेपाली, पार्वती चौधरी, कुश्मा खटिक, तारादेवी थापा, गंगा पुन, विष्णु वली र डिलकुमारी डाँगीले सम्मानित गरेको आमा सुरक्षा कार्यक्रमकी फोकलपर्सन लोकमाया भारतीले बताउनुभयो ।

उहाँका अनुसार ६० वर्ष उमेर पूरा गरेकी महिला स्वास्थ्य स्वयंसेविका सोकारी थारुलाई दोसल्ला ओढाएर विदाइ गरिएको छ । उहाँ २०४५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रुपमा कार्यरत रहनु भएको थियो । उहाँलाई नगरपालिकाले ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । नगर स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्ने सहभागिहरुले स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाको योगदान अतुलनीय रहेको बताए ।

उनीहरुले महिला स्वास्थ्य स्वयंसेविका विना स्वास्थ्य क्षेत्रमा अपेक्षित सम्भव नहुने बताए । जेष्ठ महिला स्वास्थ्य स्वयंसेविका नीला खड्काको सभापतित्वमा भएको कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, सामाविक विकास संयोजक इश्वरी प्रसाद विक, आर्थिक विकास संयोजक अनिता बुढा लगायतले महिला स्वास्थ्य स्वयंसेविकाको लगावका कारण कोहलपुर क्षेत्रमा स्वास्थ्यको पहुँच आमनागरिकले प्राप्त गरेको बताउनुभयो । कार्यक्रम अघि कोहलपुरमा प्रभातफेरि गरिएको थियो ।

  • १९ मंसिर २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech