नेपालगञ्जका थप ९ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २१ बैशाख २०७७, आईतवार

नेपालगन्ज २१ बैशाख ।
नेपालगञ्जमा नौ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालगञ्जमा १० जना कोरोना संक्रमित भएका छन्। डीएसपी रोडका ६० वर्षीय व्यक्तिमा कोरोना देखिएपछि उनका आसपासका व्यक्तिमा जाँच गर्दा नौ जना संक्रमित थपिएका हुन्।

कोरोना संक्रमित व्यक्तिको घरपरिवार, आफन्ती र उनले पढाएका ९० जनाको स्वाब लिइएकोमा ३० जनाको रिपोर्ट आएको हो। त्यसमध्येमा नौ जनामा कोरोना पुष्टि भएको भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट  डा प्रकाश थापाले जानकारी दिनुभयो । संक्रमित व्यक्तिको सम्पर्कमा रहेका ६० जनाको रिपोर्ट आउन बाँकी छ। उनको सम्पर्कमा रहेका अरु केही व्यक्तिको आइतबार पनि स्वाब लिइएको छ। संक्रमित व्यक्तिको सम्पर्कमा रहेका अन्यको खोजी भइरहेको छ।

१७ गते फूलबारी मस्जिदमा जाँच गर्दा ६० वर्षीयमा कोरोना देखिएपछि उनको घर, उनी जाने मस्जिद र पढाउने मस्जिदलाई सिल गरिएको छ। वडा नं। ८ को जुलाहनपुरुवामा रहेको मस्जिदमा उनी दैनिक पढाउन जाने गर्थे। जुलाहनपुरुवा टोललाई नै सिल गरेर क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको थियो। संक्रमितलाई खजुरास्थित आइसोलेसन कक्षमा राखिएको छ। थप नौ जनालाई पनि त्यही लैजाने तयारी भएको छ।

  • २१ बैशाख २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech