त्रैमासिक जनमतको रक्तदानमा ५२ जनाले गरे रक्तदान

    • स्वास्थ्य पेज

  • १८ मंसिर २०८०, सोमबार

नेपालगन्जः जनमत अद्र्ध साप्ताहिक पत्रिका र नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा गरिएको त्रैमासिक रक्तदान कार्यक्रममा ११ महिला सहित ५२ जनाले रक्तदान गरेका छन् । राप्तीसोनारी गाउँपालिका वार्ड नं. ६ का वडाध्यक्ष लवराज खरेल, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि का अध्यक्ष महादेव सिंह ठकुरी र जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका सोम प्रकाश सापकोटा र होमराज गिरी रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुरु गरिएको थियो । सो अवसरमा “त्रैमासिक जनमत रक्तदान कार्यक्रम”मा विगत केही समयदेखि सहकार्य गर्दै अतुलनीय योगदान गरी महान अभियानमा सद्भाव प्रदर्शन गर्ने नेपालगन्ज–१८, बाँके स्थित टिभिएस मोटरसाइकल कम्पनीका अधिकृत बिक्रेता ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि. लाई मानव कल्याणकारी कार्यको उच्च कदर गर्दै प्रशंसा पत्र प्रदान गरिएको छ ।

उक्त प्रशंसा पत्र प्रा.लि.का अध्यक्ष महादेव सिंह ठकुरी र प्रवन्धक रणबहादुर शाहीलाई नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुके, राप्तीसोनारी गाउँपालिका वार्ड नं.६ का वडाध्यक्ष लवराज खरेल, नेपाल स्वयम्सेवी रक्तदाता समाज राप्ती सोनारी उपशाखाकी अध्यक्ष दिव्या गुरुङले हस्तान्तरण गर्नुभएको थियो ।

जनमतको रजत वर्ष–२०६३ देखि “रक्तदान जीवनदान” को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित “त्रैमासिक रक्तदान कार्यक्रम”को ५८ औं श्रृङ्खलामा रक्तदान गर्नेहरुमा राप्तीसोनारी गाउँपालिका वार्ड नं.६ का वडाध्यक्ष लवराज खरेल, नेपाल स्वसम्सेवी रक्तदाता समाज राप्ती सोनारीकी उपाध्यक्ष अमृता केसी, अन्नपूर्ण पोष्ट दैनिकका प्रदेश प्रमुख तथा मेरो खुशी डट कमका सम्पादक शंकर प्रसाद खनाल, लक्ष्मण कुमर बैश्य, निरजमान श्रेष्ठ, मनिस कुमार जायसवाल, असफाक संघर्ष जसगढ, राम कुमार बढही, भगवती चलाउने, सञ्जय बढही, अनिश अधिकारी, सौरभ उपाध्याय, धर्मेन्द्र कुमार वर्मा, गोविन्द ठाकुर, प्रदीप वर्मा (राकेश), लक्ष्मण प्रसाद चमार, सावित्री गुरुङ्ग, धर्मेन्द्र सिंह, मनिषा परियार, अञ्जली बोहराले गर्नुभएको छ ।

त्यसैगरी रक्तदान गर्नेमा नेपालगन्ज मेडिकल कलेजका डा. देवेन्द्र कुमार यादव, डा.महिमा शाह, डा. भिष्मा भट्ट, डा. रिजवान शेष, सुभाष कटुवाल, जनक बहादुर थापा, ज्योति क्षेत्री, दिनेश कुमार वर्मा, मोहितराम कुर्मी (वर्मा), प्रशान्त तिवारी नेरेसो प्राविधिक, महेश राना क्षेत्री, निशा गुरुङ्ग, सुष्मा घिमिरे, अमित अग्रवाल, कुलदीप कुर्मी(वर्मा), मोनू राई, दिनेश प्रसाद तमोली, अनिल सुनार, हरिओम जैसी, चेत बहादुर रोका, पाँचु रैदास, पवनकुमार बैश्य, गौतम प्रसाद पौडेल, दिपक यादव, इन्द्रा क्षेत्री, दलित महिला संघ (फेडो) की लेखापाल प्रतिभा गुर्ताल, मोहित बाबु शर्मा, दिपक थारु, तोरण बहादुर डाँगी, खुशीराम चौहान, शिव कुमार थारु,रहनु भएको छ ।

सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सोम प्रसाद सापकोटा, होमराज गिरी, प्रशान्त तिवारी, केशर सिंह डांगीले वीरेन्द्र योगीले प्राविधिकमा र अन्यमा निखिल जायसवालले रक्तदान कार्यक्रममा सहयोग गर्नुभएको थियो । वि.सं. २०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा ५८औं श्रृङ्खलासम्म करीब तीन हजार पिन्ट भन्दा बढीस्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।

  • १८ मंसिर २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech