नेपालगन्जः विराट नेपाल मेडिकल ट्रष्ट (विएनएमटी नेपाल)ले रुकुमपश्चिम र सल्यानका भूकम्प प्रभावित सुत्केरी, बालबालिका र जेष्ठ नागरिकलाई सहयोग गरेको छ । अमेरीकेयर्सको आर्थिक सहयोगमा विएनएमटी नेपालले रुकुम पश्चिमको चौरजहारी नगरपालिका वार्ड नं. ६ र सल्यानको दार्मा गाउँपालिकाको भूकम्प प्रभावित अति जोखिममा रहेका एक सय घर परिवारलाई तत्काल चिसोवाट वच्नका लागि करिब १४ लाख रकम वरावरको सहयोग सामग्री वितरण गरेको विएनएमटी नेपाल वाँकेका जिल्ला कार्यक्रम संयोजक दिपेन्द्र पाण्डेले वताउनुभयो ।
स्थानिय पालिका अन्य सरोकारवाला संस्था, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वमसेविकाहरुसँग समन्वय र सहकार्य गरी विएनएमटी नेपालले एक सय थान फाईवर सिरक, एक सय थान बल्याङकेट, दुई सय थान ज्याकेट, ५० थान टेन्ट, एक सय थान मेट्रक्स, एक सय सेट स्वास्थयजन्य सामाग्री, दुई सय थान हाईनेक, ट्राउजर सेट, मोजा, उलन टोपी, माक्स, सेनिटाईजर, ग्लोभस, सेनिटेरी प्याड लगायतका सामग्रीहरु सहयोग गरिएको उहाँले बताउनुभयो । सुत्करी तथा गर्भवती आमाहरु, वच्चाहरु र जेष्ठ नागरीकहरुलाई स्थानिय सरोकारवालाको उपस्थितिमा प्रत्यक्षरुपमा उक्त सामाग्री सहयोग गरिएको उहाँको भनाइ छ ।
‘वढदो चिसो, अर्कोतिर घर वाहिरको वसाईले सुत्केरी आमा, बच्चा र जेष्ठ नागरिकहरुको दैनिकी झनै कष्टकर वनेको छ उहाँले भन्नुभयो–‘प्रभावितलाई केही हदसम्म राहात पुगोस् भन्ने हेतुले सहयोग गरिएको हो ।’ उक्त सामाग्री पाएपछि सुत्केरी आमाहरु खुसी भएका थिए । २२ दिनकी सुत्केरी चौरजहारी–६ की गीता विकले चिसोबाट बच्नको लागि फाईवर सिरक, बल्याङकेट, टेन्ट, योगा मेट्रक्स, ज्याकेट, वच्चाको लुगा र स्वास्थ्यजन्य सामाग्रीको झोला पाउँदा अत्यन्तै खुसी भएको बताउनुभयो ।
उक्त सहयोगले भूकम्प प्रभावित अति जोखिममा रहेको घरपरिवारलाई तत्काल जाडोवाट वच्न र दैनिकि चलाउन सहज भएको वताउँदै चौरजहारी नगरपालिका वार्ड नं. ६ का वडाअध्यक्ष जयप्रकाश वोहराले आयोजकलाई धन्यवाद दिनुभयो । त्यसैगरी राहत कार्यक्रमले प्रभावित क्षेत्रको सुत्करी तथा गर्भवती, वच्चाहरु र जेष्ठ नागरिकहरुलाई ठूलो लाभ पुर्याएको दार्मा गाउँपालिकाका अध्यक्ष निमवहादुर केसी अरुणले पालिकाको तर्फबाट सहयोगी संस्थालाई धन्यवाद दिनुभयो ।
जाजरकोटको लामिडाँडा केन्द्रविन्दु वनाएर गएको ६.४ म्याग्निच्युडको विनासकारी भूकम्पले जाजरकोट, रुकुम, सल्यानलगायत ११ जिल्लालाई प्रभावित पारेको थिउयो । विशेष गरी जाजरकोटको वारकोट गाउँपालिका, भेरी नगरपालिका, रुकुमको सानीभेरी नगरपालिका, चौरजहारी नगरपालिका, पश्चिम सल्यानको दार्मा गाउँपालिका स्थानहरुमा धेरै धनजनको क्षति भई जनजिवन प्रभावित बनेको छ ।
फोटो फिचर