एड्स दिवसको पूर्वसन्ध्या दिप प्रज्वलन

    • स्वास्थ्य पेज

  • १४ मंसिर २०८०, बिहीबार

नेपालगन्ज: विश्व एचआईभी/ एड्स दिवसको पूर्वसन्ध्या तथा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा नेपालगन्जमा दिप प्रज्वलन गरिएको छ । २५ नोभेम्बरदेखि शुरु भएको १६ दिने अभियान तथा शुक्रबार मनाइने विश्व एड्स दिवसको अवसरमा माइती नेपालको आयोजनामा बिहीबार साँझ बीपी चोकमा दिप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख महिला बिकास अधिकृत मञ्जु पाण्डेय, महिला बालबालिका तथा जेष्ठ नागरिक सेलकी प्रमुख प्रहरी निरीक्षक महेश्वरी बिष्ट, नेपालगञ्जकी निवर्तमान उपमेयर उमा थापा, साथी संस्थाकी केन्द्रीय सदस्य सरस्वती शर्मा, ए एच एफ नेपालका कार्यक्रम संयोजक सञ्जय पौडेल, शक्ति समूहकी कार्यक्रम संयोजक निर्मला पौडेल, साना हात नेपालकी कार्यक्रम संयोजक अम्बिका थापा, महिला अधिकारकर्मी साहिला शाह वाहिदी, आइ एन एफ संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाका अनुसार १६ दिने अभियान र विश्व एडस दिवसको अवसरमा देशैभरका शाखामार्फत बिबिध कार्यक्रमहरु हुने गरेको छ । हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लेंगिक हिंसा बिरुद्ध १६ दिने अभियान तथा डिसेम्बर १ मा विश्व एड्स दिवस मनाइने गरिन्छ ।

  • १४ मंसिर २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech