डेन्टिस डा.श्रेष्ठ र प्रयोगशालाकर्मी ढकाल स्ट्रेन्थलिफ्टिङ विश्व च्याम्पियन स्पर्धामा छनौट

    • स्वास्थ्य पेज

  • १९ कार्तिक २०८०, आईतवार

नेपालगन्जः नेपालगन्जमा भएको प्रथम मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा इनक्लाईन बेन्च प्रेस प्रतियोगितामा ९० केजी माथिको तौल समूहमा डेन्टिस डा. प्रतिक श्रेष्ठ प्रथम हुनु भएको छ । स्ट्रेन्थलिफ्टिङ संघ बाँकेको आयोजनामा दुई दिनसम्म नेपालगन्ज रगंशालामा चलेको प्रतियोगितामा गणपति डेन्टल क्लिनिकमा कार्यरत डेन्टिस डा. श्रेष्ठ प्रथम हुँदै भारतको हैदरावादमा हुने विश्व च्याम्पियन स्पर्धामा छनौट हुनु भएको छ ।

यस्तै सोही उमेर समूहको स्पर्धामा प्रयोगशालाकर्मी दीपक ढकाल दोस्रो हुनुभयो । हाम्रो सर्जिकल हाउसमा आवद्ध ढकाल पनि विश्व च्याम्पियन स्पर्धामा छनौट हुनु भएको छ । विभिन्न उमेर समूहका १२ विधामा भएको स्पर्धामा १० जिल्लाका ९० जना सहभागी थिए ।

उक्त प्रतियोगिताको उपाधि भने एक्सट्रिम फिटनेस नेपालगन्जले हात पारेको छ भने प्रतियोगितामा रनर अप भने भुमही जिम हुँदा तेश्रो स्थान परासी जिम हाउसको हातमा परेको संघका सहसचिव एन्थस केसीले जानकारी दिनुभयो । स्ट्रेन्थलिफ्टिङ्ग सिनियर मेन तथा ओभरअल हाइएस्ट टोटल होल्डर तर्फ च्याम्पियन अफ च्याम्पियन स्मिथ केसी रोयल नेपाल फिटनेस, स्ट्रेन्थलिफ्टिङ्ग सिनियर विमेन तथा ओभरअल हाइएस्ट टोटल होल्डर विमेन तर्फ च्याम्पियन अफ च्याम्पियन रीता बि.क, रोयल नेपाल फिटनेस, स्ट्रेन्थलिफ्टिङ्ग मास्टर मेन तर्फ भुमही जीम हाउसका मनोज कुमार चौधरीको हातमा परेको छ ।

त्यसै गरि स्ट्रेन्थलिफ्टिङ्ग मास्टर विमेन तर्फ भने अएराहिटी फिटनेस एण्ड जिमकी लक्ष्मी महर्जनले हात पार्नुभएको छ । इनक्लाइन बेन्च प्रेस सिनियर मेन तर्फ नेपाल व्यायाम मन्दिरका ज्ञान नारायण महर्जन तथा सिनियर विमेन तर्फ लाईफ टाइम फिटनेसका अमृत खडका श्रेष्ठ च्याम्पियन अफ च्याम्पियन बन्न सफल हुनुभयो ।

इनक्लाइन बेन्च प्रेस मास्टर मेन अमृत रोकाया क्षेत्री डिभाइन फिजिकल फिटनेस तथा इनक्लाइन बेन्च प्रेस मास्टर विमेन लक्ष्मी महर्जन अएराहिटी फिटनेस एण्ड जिमले लगेको छ । त्यसैं गरी ओभरअल हाइएस्ट टोटल होल्डर इनक्लाइन बेन्च प्रेसमा रत्न सुनार नगरकोटी तथा ओभरअल हाइएस्ट टोटल होल्डर इनक्लाइन बेन्च प्रेस विमेनमा अमृता खडका श्रेष्टकै हातमा गएको छ ।

नेपालजगन्ज उपमहानगरपालिकाको सहकार्य र विभिन्न संघसस्थाहरुको सहयोगमा सन्चालन भएको प्रतियोगिताको उदघाटन नगर प्रमुख प्रशान्त विष्ट गर्नुभएको थियो भने प्रतियोगिताको समापन लुम्बिनी प्रदेश सरकारका पूर्व वन मन्त्री सुरेन्द्र हमालले गर्नुभएको थियो ।

  • १९ कार्तिक २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech