प्रधानमन्त्रीलाई ल्याएको हेलिकप्टरमा चिकित्सक र स्वास्थ्यकर्मीको टोलि गयो प्रभावित क्षेत्रमा

    • स्वास्थ्य पेज

  • १८ कार्तिक २०८०, शनिबार

नेपालगन्ज: भूकम्प प्रभावित क्षेत्रका बिरामीको उपचारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पुग्नेक्रम जारी छ ।

बाँके र जुम्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सेनाको हेलिकप्टर मार्फत भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा गएको हो ।

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान भिसी डा. मगल रावल, कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका रेक्टर डा. डबल धामी, एसोसिएट, नेपालगन्ज मेडिकल कलेजका प्रोफेसर
डा. श्याम बि. के, मेडिकल कलेजकै जनरल फिजिसियन डा. देवेन्द्र आचार्य टोलिमा रहनु भएको छ ।

यसैगरी कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका एनेस्थेसियोलोजिष्ट डा. रबिन खापुङ, जिल्ला स्वास्थ कार्यलय बर्दियाका जनस्वास्थ्य निरीक्षक मान बहादुर नेपाली र खजुरा गाउँपालिकाका स्वास्थ शाखा प्रमुख दिपक ढकाल टोलिमा सहभागी हुनुहुन्छ । उक्त हेलिकप्टरले यस अघि प्रधानमन्त्री प्रचण्डलाई ल्याएको थियो ।

अत्यावश्यक औषधिसमेत लिएर भूकम्प प्रभावित क्षेत्रमा गएको टोलीका एक सदस्य डा. आचार्यले जानकारी दिनुभयो । यही टोलीसँगै नेपाली सेनाको हेलिकप्टर चढेर कर्णाली प्रदेशमा मुख्यमन्त्री राजकुमार शर्मा र रास्वापाकी प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्की पनि भूकम्प प्रभावित क्षेत्रमा जानू भएको छ ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech