मिर्गौला पीडित बिरामी र नर्सहरुलाई लक्षित गरेर नि:शुल्क परामर्श  तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    • स्वास्थ्य पेज

  • ४ कार्तिक २०८०, शनिबार

नेपालगन्ज: नेपालगन्जस्थित लाइफलाइन जनरल हस्पिटलले मिर्गौला पीडित बिरामी र नर्सहरुलाई लक्षित गरेर नि:शुल्क परामर्श  तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । डायलाइसिस गराइरहेका बिरामीलाई हस्पिटलले आफै बोलाएर नि:शुल्क परामर्श  प्रदान गरेको अस्पताल प्रमुख डा.पारश श्रेष्ठले जानकारी दिनुभयो ।

परामर्श कार्यक्रममा डाइटिसियन कुबेर गिरीले डायलाइसिस गराईरहेका बिरामीहरुको डाइट प्लान, के खाने – के नखाने , खानाको मात्रा कस्तो हुनुपर्छ लगायतका विषयमा जानकारी गराउँनुभयो । उहाँले बिरामीहरुले आफुले अपनाउनुपर्ने सावधानी नअपनाउँदा समस्या हुने गरेको भन्दै अन्य समयमा जस्तै चाडपर्वमा समेत खानपान सन्तुलित गर्न बिरामीहरुलाई आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा फिजिसियन डा. पारश श्रेष्ठले निमोनिया र फ्लू भ्याक्सिन लगायतका बारेमा जानकारी गराउँनुभयो । ‘एक हिसावले यो बिरामीको लागि पढाइ नै हो भन्दा पनि हुन्छ, मिर्गौलाका बिरामीले लामो आयुको लागि आफैले अपनाउनु पर्ने सजगता, सावधानी, खानपिनका बारेमा पढाइएको छ उहाँले स्वास्थ्य पेजसंग भन्नुभयो- ‘केहि भ्रम र तथ्यहरुलाई हाम्रो पार्टबाट चिर्ने प्रयास गरेका छौ ।’

कार्यक्रममा उपस्थित बिरामीहरुले चिकित्सकहरुसँग विभिन्न विषयमा जानकारी समेत लिएका थिए । बिरामीहरुका प्रश्न र जिज्ञासालाई डायटिसियन गिरी र डा. श्रेष्ठले स्पष्ट पार्नुभएको थियो । अस्पतालले दशै तिहार लगत्तै बिरामीहरुलाई डाइट प्लान चार्ट समेत उपलब्ध गराउने जनाएको छ ।

नेपालगन्ज र कोहलपुर क्षेत्रका मिर्गौलाको डायलाइसिस गराइरहेका २५ बढी बिरामी कार्यक्रममा सहभागी थिए। कार्यक्रममा बिरामीसँगै भेरी अस्पतालका फिजिसियन डा.संकेत रिसाल, नर्स, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।

कार्यक्रममा फिजिसियन डा.रिसालले भेरी अस्पतालको डायलाइसिस सेवाको इतिहास स्मरण गर्दै बिरामीहरुलाई आत्मबल बलियो बनाउन आग्रह गर्नुभयो । उहाँले चिकित्सकले भने बमोजिम खानपानलाई व्यवस्थित गर्न र स्वास्थ्यमैत्री जिवनशैली आत्मसाथ गर्न समेत बिरामीहरुलाई अनुरोध गर्नुभयो ।

पछिल्लो समय मिर्गौलाका बिरामी अस्वाभाविक रुपमा बढ्दै गएका छन् । बालबालिकादेखि युवा पुस्तासमेत मिर्गौला समस्यासंग जुधिरहेका छन् । अस्वस्थ खानपिन र बदलिँदो जीवनशैलीका कारण मिर्गौला समस्या भयावह बन्दै गएको छ

  • ४ कार्तिक २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech