छालाको चमक बढाउन क्लोरोफिल वाटर

    • स्वास्थ्य पेज

  • २७ आश्विन २०८०, शनिबार

मानिसहरू स्वस्थ जीवनशैली अवलम्बन गर्नका लागि फरक–फरक ड्रिंक आफ्नो खानाको रुटिनमा समावेश गर्छन् । कसैले कागतीपानी त कसैले धनियाँ पानी रुटिनमा समावेश गरेका हुन्छन् । हिजोआज क्लोरोफिल वाटर पिउनेको संख्या पनि बढ्दो छ । यसका धेरै फाइदा छन् ।

क्लोरोफिल एक किसिमको स्वस्थ पानी हो, जसले तपाईंको शरीरलाई धेरै पोषक तत्व दिन्छ । क्योरोफिल वाटर छालाका लागि निकै फाइदाजनक मानिन्छ । यसमा रहेको भिटामिन र एन्टिअक्सिडेन्टले छालालाई हाइड्रेट राख्छ । यसले छालामा नेचुरल ग्लो कायम राख्छ ।

क्लोरोफिल वाटरले रेड ब्लडसेलको प्रडक्सनलाई बढाउँछ । जसकारण, टिस्युहरूसम्म अक्सिजन सही मात्रामा पुग्छ र तपाईंको छाला चम्किलो राख्न सहयोग गर्छ ।

यसमा रहेको एन्टिअक्सिडेन्ट र भिटामिनले मेटाबोलिजमलाई बुस्ट गर्छ । जसकारण, तौल घटाउन सहयोग मिल्छ । त्यस्तै पाचन शक्ति पनि बढ्छ । रोगप्रतिरोधी क्षमता बढाउन पनि क्लोरोफिल वाटर सहयोगी हुन्छ । यसमा रहेको एन्टिअक्सिडेन्ट र भिटामिनले फ्री रेडिकल्सको प्रभावबाट बचाउँछ ।

  • २७ आश्विन २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech