डा गोविन्द केसीले भन्नुभयो-‘कुनै पनि बेला सत्याग्रह सुरु गर्न सक्छु’

    • स्वास्थ्य पेज

  • २४ आश्विन २०८०, बुधबार

नेपालगन्जः डा गोविन्द केसीले आफूहरुसँग गरिएका सहमति कार्यान्वयन नभए कुनै पनि बेला असनस सुरु हुनसक्ने चेतावनी दिनुभएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै केसीले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला सत्याग्रहसहितका शसक्त आन्दोलन गर्न बाध्य हुने सरकारलाई चेतावनी दिनुभयो ।

उहाँले शिर्ष नेताहरु नेपालीको सम्पर्कबाहिर रहेको भन्दै उनीहरुको माफियाहरुसँग उठबस भइरहेको पनि बताउनुभयो ।

‘प्रचण्ड, देउवा र ओलीहरु दशकौंदेखि आमनेपालीहरुको सम्पर्कबाट बाहिर छन्, उनीहरुको उठबस भनेको माफिया, दलाल, बिचौलिया, भ्रष्ट र अपराधीहरुसँग छ। उनीहरूसँगको सहअस्तित्वमा नै उनीहरू कुर्सीमा टिकेर बस्न सफल भएका छन् केसीको विज्ञप्तीमा भनिएको छ,-‘यी त्रिमूर्ति मात्र होईन दलका अरु गुटका तथा अरु दलका नेताहरु माफिया आधारित राजनीति गर्छन र संसदमा पनि यीनै अपराधीहरूको बाहुल्यता छ। भ्रष्ट र अपराधीहरुले शासन गरेको मुलुकमा दण्डहीनता र अराजकता संस्थागत हुनु स्वाभाविक हो। यीनै नेताहरूको प्रश्रयमा माफियाले पदाधिकारी र अभियन्ताहरुलाई बारम्बार धम्की दिइराखेका छन्।’

  • २४ आश्विन २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech