आज थप १ हजार २४६ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • १ आश्विन २०७७, बिहीबार

काठमाडौं १, असोज ।
बिहीबार थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६४१ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५९ हजार ५७३ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार २४३ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ।

मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये निको हुनेको संख्या ७२ प्रतिशत हो। हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ छ। पछिल्लो २४ घण्टामा मृतक थप ४ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृतक ३ सय ८३ जनामा कोरोना पुष्टि भएको छ।

  • १ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech