बाँकेका यी ६ पालिकामा आजदेखि कोभिड-१९ विरुद्धको फाइजर खोप

    • स्वास्थ्य पेज

  • ८ आश्विन २०८०, सोमबार

नेपालगन्जः बाँकेका ६ वटा पालिकामा आजदेखि कोभिड-१९ विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तिसोनारी गाउँपालिका, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकामा कोभिड-१९ विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकले जनाएको छ ।

स्थानीय तहले तोकेका स्वास्थ्य संस्था तथा खोप केन्द्रहरुमा १२ वर्षदेखि माथीका नागरिकहरुलाई कोभिड-१९ विरुद्धको फाइजर खोपको पहिलो, दोस्रो, बुस्टरको पहिलो र दोस्रो मात्रा सबै प्रदान गरिनेछ ।

खोप लिनुपर्ने १२ वर्ष माथिका सबै नागरिकहरुले सम्बन्धित स्थानीय तहका स्वास्थ्य सस्थाहरुमा गई सेवा लिन स्वास्थ्य कार्यालयले अनुरोध पनि गरेको छ । पर्सि तीन दिनसम्म खोप लगाइने पनि उहाँले जानकारी दिनुभयो ।

  • ८ आश्विन २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech