काठमाडौं: डाक्टर प्रज्ज्वल कोइरालाको शव १० दिन पछि भेटिएको छ । दमक नगरपालिका वडा नम्बर १ निवासी कोइराला भदौ १० गते राति चतरास्थित सप्तकोशीको पुल पारी उदयपुर क्षेत्रमा आफ्नो गाडी राखेर वेपत्ता भएका थिए ।
वेपत्ता भएको १० दिनमा उनि मृत अवस्थामा फेला परेका छन्। उनको शव सुनसरीको वराहक्षेत्र २ नम्बर वडास्थित कोशी बगरको बाह्रआरी भन्ने ठाउँमा भेटिएको जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो ।
३२ वर्षीय सर्जन कोइराला मोरङ उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत थिए । शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको बताईएको छ।