योग समिति नेपालको दिक्षान्त समारोहमा ११२ जना दिक्षित

    • स्वास्थ्य पेज

  • १६ भाद्र २०८०, शनिबार

नेपालगन्ज: योग समिति नेपालको दिक्षान्त समारोह सम्पन्न भएको छ । ४ महिनाको तालिमपछि आज नेपालगन्जमा समापन भएको समारोहमा १ सय १२ जना दिक्षित भएका छन् ।

योग समिति नेपालका अध्यक्ष एवं योगगुरु गिरिराज भट्टराईको अध्यक्षतामा भएको गुरुदिक्षा ग्रहण तथा प्रमाणपत्र वितरण समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै लुम्विनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले नेपालगन्जमा मात्र नभइ देशका हरेक नागरिकले योग गर्नुपर्ने बताउनुभयो।

उहाँले योग समिति नेपालले चाहेको खण्डमा प्रत्येक वडामा योगा हलको व्यवस्था गरिनुपर्ने बताउनुभयो। योगका लागि आफूले गर्न सक्ने कामबाट कहिल्यै पनि पछि नहट्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

योग जीवनको महत्वपूर्ण आधार भएको भन्दै उहाँले योगको सम्पूर्ण विकासका लागि लुम्बिनी प्रदेशको नेपालगञ्ज उपमहानगरपालिका अग्रपंक्तिमा रहने विश्वास व्यक्त गर्नुभयो । यस्तै नेपालगन्ज उपमहानगरपालिका १२ का वडाध्यक्ष तरुणकुमार वज्रचार्यले योग स्वास्थ्यको सञ्जीवनी भएकोले नेपालगञ्जलाई योगमय बनाउने बताउनुभयो ।

योगले मनलाई शान्त राख्ने काम गर्ने भएको भन्दै उहाँले योगका लागि  जस्तोसुकै सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो । कार्यक्रममा समितिका सल्लाहकार नन्दलाल बैश्य, अधिवक्ता विश्वजीत तिवारी, वडा नम्बर २ का अध्यक्ष मनोजकुमार श्रेष्ठ, जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारीे हरिशचन्द्र शर्मा लगायतले नेपालगन्जलाई योगमैत्री शहरको रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

यस्तै कार्यक्रममा बिभिन्न बिधाबाट १५ जनालाई योग गुरु भट्टराईले सम्मान स्वरुप मायाको चिनो प्रदान गर्नु भएको थियो । कार्यक्रममा योग समिति नेपालका सचिव एवं कार्यक्रम संयोजक निर्मला शाह, योग प्रशिक्षक अरुण सिँह लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन झविलाल शर्माले गर्नु भएको थियो ।

 

 

  • १६ भाद्र २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech