वरिष्ठ बालरोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन

    • स्वास्थ्य पेज

  • १५ भाद्र २०८०, शुक्रबार

नेपालगन्जः बरिष्ठ बालरोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन भएको छ । उपचारका क्रममा उहाँको वेष्टर्न अस्पताल नेपालगन्जमा आज दिउँसो २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

बुवा काशिप्रसाद प्रधान र आमा तुलसी प्रधानको कोखबाट सल्यान खलंगामा डा. प्रधानको वि.स.२००२ सालमा जन्म भएको थियो ।डा.प्रधानका श्रीमती र तीन छोरा हुनुहुन्छ ।

वि.स २०३८ सालमा भेरी अस्पतालमा मेडिकल अधिकृतको रुपमा जागिर सुरु गर्नुभएका डा प्रधानले २४ वर्षसम्म भेरीमै बसेर सेवा दिनुभयो । सेवा निवृत्त भएपछि भने उहाँले नेपालगन्जमा त्रिपुरा बाल अस्पताल संचालन गरेर बालबालिकाको उपचार सेवा दिँदै आउनुभएको थियो । बरिष्ठ बालरोग बिशेषज्ञ डा प्रधानले यसक्षेत्रका लाखौं बालबालिकाको उपचार गरेर प्राण दिनुभएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि डा.प्रधान गएको भदौ ४ गतेदेखि नेपालगन्ज स्थित वेष्टर्न अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । उहा पहिलेदेखिनै सुगरको समस्याले ग्रसित हुनुहुन्थ्यो । उपचारमा संग्लग्न वरिष्ठ फिजिसियन डा.खगेन्द्र जंग शाहका अनुसार डा.प्रधान अहिले फोक्सोको टिबी , कलेजो अनि किड्नीको समस्या लगायतले ग्रस्त हुनुहुन्थ्यो ।

पछिल्लो समय श्वास प्रश्वासमा समेत समस्या देखिएको डा.शाहले जानकारी दिनुभयो । यसक्षेत्रका चिकित्सकहरुका अभिभावक समेत रहनुभएका डा.प्रधानको निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै चिकित्सकहरुले गहिरो दुःख प्रकट गरेका छन् ।

डा.प्रधानको पार्थिव शरिरलाई अत्यष्टिका लागि काठमाडौं लाने तयारी भईरहको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

आर्काइभ

हिउँ छिचोल्दै डोल्पा पुग्ने पहिलो डाक्टरको कथा !

  • १५ भाद्र २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech