भेरी अस्पतालका न्युरो सर्जन डा.अन्जन कार्कीलाई पितृ शोक

    • स्वास्थ्य पेज

  • ७ भाद्र २०८०, बिहीबार

नेपालगन्ज: भेरी अस्पतालका न्युरो सर्जन डा. अन्जन कार्कीलाई पितृ शोक परेको छ । कार्कीका पिता डाक्टर राजाराम कार्कीको उपचारका क्रममा निधन भएको छ।

नेपाली चिकित्सा क्षेत्रमा लामो समयदेखि सक्रिय डाक्टर कार्कीको वीर अस्पतालमा हिजो साझ निधन भएको हो । डाक्टर कार्की क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको बुधबार साँझ ५ बजे ६६ वर्षको उमेरमा निधन भएको हो।

डाक्टर कार्की नेपाल चिकित्सक संघका आजिवन सदस्य सम संघले उहाँको निधनबाट अपूरणीय क्षति भएको भन्दै चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा उहाँले पुर्‍याएको योगदानको सम्झना गरेको छ। डा कार्की नेपाली कांग्रेसका नेता समेत हुनुहुन्छ।

कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्वप्रदेश सभा सदस्य कार्की धादिङ, नीलकण्ठ नगरपालिका निवासी हुनुहुन्छ । उहाँको आजै अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

  • ७ भाद्र २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech