तीन दिनभित्र रिक्त विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

    • स्वास्थ्य पेज

  • ५ भाद्र २०८०, मंगलवार

नेपालगन्जः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रिक्त पद विवरण उपलब्ध गराउन विभाग र मातहतका अस्पतालहरूलाई निर्देशन दिएको छ।

सोमबार पत्र लेख्दै तीन दिनभित्र रिक्त रहेका पदहरूको विवरण उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको हो।

लोकसेवा आयोगको स्वीकृत वार्षिक तालिका अनुसार आव २०८०/८१ मा मन्त्रालय अन्तर्गत रिक्त रहेका राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका सबै सेवा, समूह र उपसमूहका रिक्त पद विवरण उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको हो।

  • ५ भाद्र २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech