नेपालगन्ज: प्रजातान्त्रिक नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेश कार्यसमितिको बैठक बुटवलमा सम्पन्न भएको छ । तदर्थ कमिटीका अध्यक्ष निरञ्जन पोख्रेलको अध्यक्षता तथा स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रीका स्वास्थ्य सल्लाहकार हरिबहादुर पुनको प्रमुख आतिथ्यता र स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालको विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा बिज्ञ हरि पुनले प्रदेश स्वास्थ्य मन्त्रालयको नीति निर्माण तथा सेवा प्रवाह गर्ने तह सम्म जनस्वास्थ्यकर्मीहको भूमिका अपरिहार्य र महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्रदेश भित्रका जनस्वास्थ्यका क्रियाकलापमा जनस्वास्थ्यकर्मीहरुको सहयोगको खाँचो समेत औल्याउनु भएको छ ।
यस्तै बैठकमा नेपाल स्वास्थ्यकर्मी संघ केन्द्रिय समितिका सचिव कौशलराज वैद्यले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा जनस्वास्थ्यका कार्यक्रमलाई प्रभावकारी बनाइ नागरिकको स्वास्थ्य प्रबर्द्धन गर्न र महामारी जन्य रोगको रोकथाम गर्न संघमा आबद्ध जनस्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख तथा संघका सल्लाहकार गौरव ढकालले प्रजातान्त्रिक नेपाल जनस्वास्थ्य संघले प्रदेश सरकार स्वास्थ्य मन्त्रालय तथा स्थानीय तहका स्वास्थ्य शाखाहरुसँग समन्वय गरि जनस्वास्थ्यका कार्यक्रमहरु प्रभावकारी बनाउन सुझाव दिनुभयो ।
बैठकमा लुम्बिनी प्रदेशका जनस्वास्थ्य कर्मीहरुका समस्याहरु, स्थानीय तहमा जनस्वास्थ्य अधिकृत हरुको लोकसेवा द्वारा बिज्ञापन, गैरसरकारी सरकारी सस्थाहरुमा जनस्वास्थ्य कर्मिहरुको अत्यधिक रोजगारको ब्यबस्थापन कसरी गर्न सकिन्छ भन्ने विशयमा व्यापक छलफल भएको संघका सचिब नरेश श्रेष्ठले बताउनुभयो । कार्यक्रममा प्रदेश कमिटी सल्लाहकार किरण श्रेष्ठ, नेपाल स्वास्थ्यकर्मी संघ, लुम्बिनी प्रदेश कमिटी सदस्य केदार नाथ साह लगायतको उपस्थिति रहेको थियो ।