नवजात शिशु अस्पतालबाटै गायव, डाक्टरसहित दुईजना पक्राउ

    • स्वास्थ्य पेज

  • ३ भाद्र २०८०, आईतवार

नेपालगन्जः मोरङमा जन्मिएको नवजात शिशु अस्पतालबाटै गायव पारिएको छ। अस्पतालमा जन्मिएको नवजात शिशु गायव भएपछि प्रहरीले २ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।

एक अविवाहित पुरुष र महिलाबाट गत साउन १४ गते विराटनगरको ग्रिनक्रस हस्पिटलमा एक शिशुको जन्म भएको थियो। सुरुमा उनीहरु एक क्लिनकमा गएका थिए। त्यसपछि क्लिनकको सल्लाहअनुसार उनीहरु ग्रिनक्रस अस्पताल गएका थिए। अस्पतालमा शिशुको जन्म भएको थियो।

तर त्यहाँबाट शिशु गायव भएपछि प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डीएसपी रन्जनकुमार दाहालका अनुसार अहिले उक्त अस्पतालका डाक्टर तपेश्वरलाल कर्ण र ती शिशुका बाबु भनिएका गोविन्द राईलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ।

अस्पतालले नवजात शिशु अविवाहित जोडीकै जिम्मा लगाएको बताएको छ। उनीहरुले भने उक्त शिशु आफूले जिम्मा नलिएको र हस्पिटलले नै गायव पारेको आरोप लगाएका छन्।

  • ३ भाद्र २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech