नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ

    • स्वास्थ्य पेज

  • १ भाद्र २०८०, शुक्रबार

नेपालगन्ज: नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एकजना विद्यार्थी चितवनबाट पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गएराति चितवनबाट नसिम अख्तरलाई पक्राउ गरेको हो । सप्तरीको राजविराज ७ ठेगाना भएका अख्तरलाई चितवनबाट काठमाडौं लगिँदै छ ।

पक्राउ परेका अख्तर चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी भएको सीआईबीले जनाएको छ । अख्तरमाथि आईएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ ।

एमबीबीएस अध्ययनका लागि अख्तरले काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट आईएससी पास भएको सर्टिफिकेट पेस गरेको सीआईबीले जनाएको छ ।

  • १ भाद्र २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech