डेंगु प्रकोपः १४ हजारभन्दा धेरैमा सङ्क्रमण, १० को मृत्यु

    • स्वास्थ्य पेज

  • ३२ श्रावण २०८०, बिहीबार

नेपालगन्जः नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को आँकडा अनुसार गएको पुस महिनायता डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार ३५७ जना पुगेको हो । सङ्क्रमणबाट हालसम्म १० जना सङ्क्रमितको मृत्यु भएको छ ।

डेंगु सङ्क्रमण ७५ जिल्लामा फैलिएको छ । जसमध्ये सबै भन्दा धेरै सुनसरी जिल्लामा सङ्क्रमण पुष्टि भएको छ । सुनसरीमा ७ हजार ४४९ जनामा सङ्क्रमण पुष्टि हुँदा मोरङमा १ हजार ६७६ जनामा पुष्टि भएको छ । यस्तै, धादिङ जिल्लामा १ हजार ३२० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, क्रमशः कास्कीमा २४९, दार्चुलामा १९४, झापामा ९१३, काठमाडौँमा १९९, सङ्खुवासभामा १७६, तनहुँमा १३० जनामा डेंगु पुष्टि भएको ईडीसीडीले जनाएको छ । यस्तै, सात प्रदेश मध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा सङ्क्रमण पुष्टि भएको छ । यस प्रदेशमा १० हजार ८१३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यसपछि बागमती प्रदेशमा २ हजार ९ जनामा पुष्टि हुँदा गण्डकी प्रदेशमा ६०३ जनामा पुष्टि भएको छ । यस्तै क्रमशः सुदूरपश्चिम प्रदेशमा ४५१, लुम्बिनी प्रदेशमा ३०७, मधेस प्रदेशमा १३५ कर्णाली प्रदेशमा ३९ जनामा डेंगु पुष्टि भएको छ ।

  • ३२ श्रावण २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech