चितवन: चितवनमा डेङ्गुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ का एक पुरुषको डेङ्गु संक्रमणका कारण मृत्यु भएको बताईएको छ ।
स्वास्थ्य कार्यालय चितवनका सूचना अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए ।
चितवनका ३० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । गत आर्थिक वर्षमा डेङ्गुका कारण चितवनमा छ जनाको मृत्यु भएको थियो ।