चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति बनाउने सरकारको निर्णय

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०८०, बिहीबार

नेपालगन्ज: सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति बनाउने निर्णय गरेको छ ।  साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री रेखा शर्माले सो जानकारी दिनुभयो।

हालका उपाध्यक्ष श्रीकृष्ण गिरीको कार्यकाल सकिन लागेसँगै सरकारले नयाँ नियुक्तिका लागि प्रक्रिया सुरु गर्न लागेको हो । सोही उपदफाको खण्ड (ग) बमोजिमको सदस्य पदमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्राडा लोचना श्रेष्ठलाई तोक्ने निर्णय पनि भएको छ ।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिको लागि नाम सिफारिस गर्न सिफारिस समिति गठन गर्ने र सोही उपदफाको खण्ड (ग) बमोजिमको सदस्य पदमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्राडा लोचना श्रेष्ठलाई तोक्ने ।’

  • १८ श्रावण २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech