नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) फेरिएका छन् ।
साउन १७ गतेको मन्त्रीपरिषद बैठकले भेरी अस्पतालका मेसु हेरफेर गरेको हो।
भेरी अस्पतालको मेसुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत डा पवन जंग रायमाझीलाई खटाएको छ । उहाँ यसअघि परोकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका डाइरेक्टरको जिम्मेवारीमा रहनु भएको थियो । एघारौं तहका डा रायमाझी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुनुहुन्छ ।
यसअघि अस्पतालको प्रमुख मेसुको भूमिकामा एघारौं तहकै प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिष्ट डा. बद्री चापागाईं हुनुहुन्थ्यो।
डा. चापागाईंले भेरी अस्पतालमा अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसक्नु भएको छ ।