नेपालगन्ज: प्रकोपमा रुपमा फैलिएको डेङ्गुका कारण धरानमा ८ जनाको मृत्यु भएको छ । २ हजार तीन सय ५३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ । धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको परीक्षण गर्दा २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगु देखिएको हो । यस्तै धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित छ । संक्रमण बढेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ सय ५० जनासम्म अट्ने गरी डेंगुको छुट्टै वार्ड सञ्चालन गरिएको छ ।
विपिमा डेङ्गुका लागि छुट्टै क्लनिक पनि सञ्चालन गरिएको छ । डेङ्गु नियन्त्रणका लागि धरानमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन भइरहेको उहांले बताउनुुुयो । धरानमा २४० वटै टोल विकास संस्थालाई डेङ्गु नियन्त्रण अभियानमा प्रयोग गरिएको छ ।