हेलिकोप्टरबाट उद्धारको व्यवस्थाले एक वर्षमा बच्यो एघार गर्भवती महिलाको ज्यान

    • स्वास्थ्य पेज

  • ४ श्रावण २०८०, बिहीबार

नेपालगन्जः समयमै अस्पताल पुर्याउन नसक्दा बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यकारी अवस्था रहेको हुम्लामा हेलिकोप्टरबाट उद्धारको व्यवस्था हुँदा एक एघार जना गर्भवती महिलाको ज्यान बचेको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम हिमाली जिल्लाहरूमा जटिल रूपमा सुत्केरी बेथा लागेका महिलाको लागि हेलिकोप्टरका साथै राम्रो अस्पताल व्यवस्था गर्न सक्दा उनीहरूको ज्यान बच्न सफल भएको हो।

स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराका अनुसार पछिल्लो पटक असार ३१ गते तीन दिनदेखि सुत्केरी बेथा लागेका गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल कालागाउँमा उद्धार गरिएको थियो। हुम्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका ३ निवासी १९ वर्षीया मनपूरा मल्ल हमालको हेलिकोप्टरबाट उद्धार गरिएको हो।

राष्ट्रिय सडक सञ्जाल नजोडिएको हुम्लाबाट योसहित गत आर्थिक वर्षभर जटिल बेथा लागेका गर्भवती महिलाहरूको एघारौँ उद्धार भएको हो। बेथा लागेकी गर्भवती र सुत्केरी सबै महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत उद्धार गरिएको हो।
यसरी उद्धार गरिएको गर्भवती तथा सुत्केरी महिलाहरू तीनदेखि एक हप्तासम्म बेथा लागेर स्वास्थ्य चौकीका प्रसुतिगृहमा सुत्केरी गराउन नसकिएपछि हेलिकोप्टरमा उद्धार गरिएको हो।

उहाँका अनुसार यसरी उद्धार गरिएका अन्य महिलाहरूमा असार २२ गते अदानचुली गाउँपालिका( २ की २२ वर्षीया वैशाखी सुनार रहेकी छन् भने जेठ २९ गते सर्केगार्ड गाउँपालिका( ७ की धनकौरा शाहीको उद्धार गरिएको थियो।

त्यसगरी, गत वैशाख महिनामा चंखेली गाउँपालिका, चैत महिनामा सर्केगार्ड गाउँपालिका फागुन महिनामा चङ्खेली गाउँपालिका, कार्तिक महिनामा अदानचुली गाउँपालिका, असोजमा सर्केगार्ड गाउँपालिा भदौ महिनामा सर्केगार्ड पालिका र साउन महिनामा ताँजाको गाउँपालिकाबाट सुत्केरी तथा बेथा लागेका गर्भवती महिलाको उद्धार गरिएको हो।

यसरी उद्धार गरिएका महिलाहरूमा दुई जना सुत्केरी भएर बिरामी भएकी र अन्यको तीनदेखि पाँच दिनसम्म प्रसवबेथा लागेर स्वास्थ्य चौकीहरूमा सुत्केरी गराउन नसकेपछि हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको बताइएको छ।

गत असोस २२ गते सुत्केरी बेथा लागेकी सर्केगार्ड गाउँपालिका( ७ की पविता छत्याल मृत्यु भएको थियो। उद्धारका लागि हेलिकोप्टर सुर्खेतबाट उडेर खराव मौसमको कारण कालिकोटबाट हुम्ला आउन नसकेपछि बेथा लागेकी छत्यालको मृत्यु भएको हो।

यसरी उद्धार गर्दा गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र स्थानीय प्रशासनको समन्वयमा उद्धार गर्ने कानूनी ब्यवस्था रहेको छ। ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैशीले सरकारबाट भएको हेलिकोप्टरबाट उद्धारको ब्यवस्था जटिल बेथा लागेका महिलाहरूको लागि बरदान सावित भएको बताउनुभयो। आर्थिक अवस्था कमजोर भएका परिवार यस्ता केशका बिरामीलाई हेलिकोप्टरबाट उद्धार गर्न सक्ने अवस्था रहेको छैन।

  • ४ श्रावण २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech