धरानमा एकै दिन भेटिए १०० भन्दा बढी डेंगु संक्रमित

    • स्वास्थ्य पेज

  • ३ श्रावण २०८०, बुधबार

नेपालगन्ज: धरान उपमहानगरपालिकामा डेंगु संक्रमण निकै तीव्र गतिमा फैलिरहेको छ ।

एक हप्ता अघिसम्म दैनिक १२-१५ जनामा संक्रमितको पुष्टि हुने गरेकोमा बुधबार १०० भन्दा बढीमा संक्रमण देखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार गत तीन वर्ष अगाडिको दृश्य देखिन सुरु गरिसकेको छ ।

सन् २०१९ मा धरानमा डेंगुले महामारीकै रूप लिएको थियो । धरान उपमहानगरपालिकामा मात्रै अहिलेसम्म संक्रमित संख्या २ हजार नाघिसकेको छ ।

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार मनसुन सुरु भएदेखि डेंगुका बिरामी आउने संख्या बढ्दो छ ।

उहाँका अनुसार दैनिक परीक्षण गरिएको मध्ये ७५ प्रतिशतभन्दा बढीलाई डेंगु पुष्टि हुने गरेको छ ।  डेंगु संक्रमित बढेसँगै धरान उपमहानगरपालिका र प्रतिष्ठानको सहकार्यमा क्लिनिक सञ्चालनमा आएको हो ।

धरानमा हाल संक्रमणसँगै बिरामीको मृत्यु समेत हुन थालेको छ । डेंगु संक्रमणको कारण उपमहानगरपालिका वडा १७ की ३७ वर्षीया महिलाको मृत्यु भइसकेको छ । पोखरेलका अनुसार दैनिक डेंगुका ४०-५० जना आकस्मिक कक्षमा भर्ना हुने गरेका छन् ।

‘आकस्मिक कक्षको क्षमता १०० बेडको छ । तर, डेंगुका दैनिक ५० जनाभन्दा बढी बिरामी भर्ना हुँदा आकस्मिक कक्ष भरिभराउ हुने गरेको छ’ पोखरेलले भन्नुभयो- ‘बालबालिका, गर्भवती, ज्येष्ठ नागरिकसम्मलाई डेंगुको संक्रमण भइसकेको छ ।

  • ३ श्रावण २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech