वैवाहिक वर्षगाठमा स्वास्थ्यकर्मी दम्पतीको मानवीय सेवा

    • स्वास्थ्य पेज

  • २९ असार २०८०, शुक्रबार

नेपालगन्जः आफ्नो १२ औं वैवाहिक वर्षगाठलाई नेपालगन्जका स्वास्थ्यकर्मी दम्पतीले मानवीय सेवामा समपर्ण गरेर मनाएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत र नेपालगन्ज मेडिकल कलेजमा कार्यरत नर्स संगम रावतले आफ्नो १२ औं वैवाहिक वर्षगाठलाई मानवीय सेवामा समपर्ण गरेर मनाउनु भएको हो ।

मानव सेवा आश्रममा आश्रित व्यक्तिहरुलाई लक्षित गरेर बस्नेत र रावत दम्पतीले औषधि, फिल्टर, मिष्ठान र कपडा सहयोग गर्नुभएको छ । नेपालगन्ज उपमहानगरपालिका ४ गणेशपुर निवासी उहाँहरुले सामाजिक सहयोग गर्नुपर्ने सोचका साथ रामरमाइलो गरेर खर्च गर्नुभन्दा विशेष दिनमा आश्रममा आश्रित व्यक्तिहरुलाई केही हदसम्म सहयोग पुगोस् भन्ने हेतुले सहयोग गरिएको बताउनुभयो ।

८ हजार बराबरको औषधि,२४ हजार बराबरको फिल्टर र केही कपडाहरु सहयोग गरिएको पनि उहाँको भनाइ छ । आश्रममा हाल ४५ जना व्यक्तिहरुले आश्रय लिइरहेका छन् । उनीहरु मानसिक समस्याबाट पीडित छन् । उत्सवका अवसरमा गरिएको कार्यक्रममा मानवता नेपालकी सुमन गिरी, नरेश श्रेष्ठ, केपी घिमिरे, लभकुश यादव लगायतको सहभागिता रहेको थियो । स्वास्थ्यकर्मी दम्पतीले आफ्नो विहे उत्सवलाई सामाजिक कार्यमा समर्पित गर्दै आउनुभएका ेछ ।

  • २९ असार २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech