नेपालगन्ज: नेपालगन्ज औद्योगिक क्षेत्र अगाडि रहेको ओलस्का रामरोशन मेडिकलमा चोरी भएको छ । मेडिकल संचालक धनराज बिसीका अनुसार टिनले छाएको जस्ता फोडेर गएराती मेडिकलमा चोरी भएको हो ।
चोरले काउन्टरको लक फुटाएर करिब ५५/६० हजार नगद चोरी गरेको संचालक बिसीले बताउनुभयो । `टिनले छाएको जस्ता फोडेर भित्र पसेको चोरले काउन्टरमा रहेको ५५/६० हजार नगद चोरी गरेको छ उहाँले भन्नुभयो-`केहि मेडिकल उपकरण समेत छैनन् ।´
उक्त मेडिकलमा कलेजो रोग विशेषज्ञ डा.अच्युत बिक्रम हमाल, इएन्टी सर्जन डा.आनन्द झा, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.युवराज कार्कीले सेवा दिँदै आउनु भएको छ ।
डा. हमला नेपाल प्रहरी अस्पतालका एसपी र डा.झा प्रहरी अस्पतालका डिएसपी हुनुहुन्छ । मेडिकलसँगै जोडिएको चर्ति फ्लोरा र पेन्ट पसलमा पनि चोरी भएको छ । प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ ।