राष्ट्रपति पौडेलको उपचार खर्च निकासाका लागि अर्थ मन्त्रालयलाई परराष्ट्रको पत्राचार

    • स्वास्थ्य पेज

  • १९ असार २०८०, मंगलवार

नेपालगन्जः राष्ट्रपति रामचन्द्र पौडेलको भारतको दिल्लीमा उपचार गर्दा भएको खर्च निकासाका लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।

अर्थ मन्त्रालयले गएको ११ गते स्वास्थ्य उपचारलगायतको खर्चका लागि मापदण्डअनुसार खर्च गर्ने गरी ५५ लाख चार हजार छ सय ५४ रुपैयाँको सहमति दिएको थियो । यस्तै असार १२ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको छ । अर्थको सहमतिअनुसार नै बिल भरपाई पठाएर निकास मागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेललाई गएको वैशाख ६ गते श्री एअरलाइन्सको चार्टर्ड एअर एम्बुलेन्सको उडानमार्फत भारतको नयाँ दिल्लीमा उपचार गर्न लगिएको थियो । काठमाण्डौबाट दिल्लीसम्मको एअर एम्बुलेन्सका लागि ३३ लाख रुपैयाँ, दिल्लीको उपचारमा झन्डै सात लाख रुपैयाँ र फर्कँदाको भाडा झन्डै छ लाख रुपैयाँ खर्च भएको देखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिको सचिवालय तथा परिवारका सदस्यको दैनिक भ्रमण भत्ता भने कसले बेहोर्ने भन्ने निर्णय भएको छैन । यसअघि राष्ट्रपतिले उपचार खर्च आफैँले बेहोर्न चाहेको भनी उहाँको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो ।

  • १९ असार २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech