योग गुरुको जन्मोत्सवमा ६४ जनाद्धारा रक्तदान

    • स्वास्थ्य पेज

  • ९ असार २०८०, शनिबार

नेपालगन्ज: योग गुरुको जन्मोत्सवको अवसरमा आज नेपालगञ्जमा रक्तदान गरिएको छ । योग समिति नेपालका परिकल्पनाकार एवं योग गुरु गिरिराज भट्टराईको जन्मोत्सवको अवसरमा विहान भेरी अस्पताल परिसरस्थित रक्त सञ्चार केन्द्रमा रक्तदान गरिएको हो ।

नेपाल रेडक्रस सोसाईटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना र योग गुरु भट्टराईले संयुक्त रुपमा पानसमा बत्ती बाल्दै रगत संकलन गर्ने प्याकेट रक्तदाता निर्मला शाह र अम्बिका कोईरालालाई हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । योग प्रशिक्षक प्रेम केसीको संयोजनमा गरिएको कार्यक्रममा ६४ जनाले रक्तदान गरेका छन् ।

जन्मोत्सवको अवसरमा रक्तदान समेत गर्नुभएका योग गुरु भट्टराईले स्वस्थ व्यक्तिको शरीरमा प्रत्येक तीन तीन महिनामा पुरानो रक्तकोष नष्ट भइ नयाँ रक्तकोषिका निर्माण हुने भएकाले सबैलाई रक्तदान गर्न आहवान गर्नुभयो ।

कार्यक्रममा योग समिति नेपालका सल्लाहकार नन्दलाल वैश्य, अधिवक्ता विश्वजित तिवारी, योग अभ्यासकर्ता लगायतको उपस्थिति रहेको थियो । योग समिति नेपालले विभिन्न अवसर र सन्दर्भमा रचनात्मक कार्य गर्दै आएको योग प्रशिक्षक सुमित्रा सुवेदीले जानकारी दिनु भयो ।

  • ९ असार २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech