नेपालगन्ज: बर्दियाको मधुवन नगरपालिका-८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मतबहादुर बोहराले जानकारी दिनुभयो ।
साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी पर्नु भएको छ ।
उहाँहरुलाई शुक्रबार राति नै उपचारका लागि नेपालगञ्ज ल्याइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको डीएसपी बोहराले बताउनुभयो ।