वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले तलव पाएनन्

    • स्वास्थ्य पेज

  • ७ असार २०८०, बिहीबार

नेपालगन्जः कर्णाली प्रदेश राजधानी बिरेन्द्रनगरका स्वास्थ्यकर्मीले ८ महिनादेखि तलबभत्ता पाएका छैनन् । कर्मचारी समायोजनमा उत्पन्न समस्याका कारण स्वास्थ्यका कर्मचारीले तलबभत्ता नपाएका हुन् । वीरेन्द्र नगर नगरपालिकाका विभिन्न स्वास्थ्य सस्थामा कार्यरत ९४ जना कर्ममारीले विगत ८ महिनादेखि तलवभत्ता पाएका छैनन् ।

संघीय तथा प्रदेश सरकारलाई पटकपटक तलव नपाएकोबारे जानकारी गराउँदा पनि सुनुवाई नभएको स्वास्थ्यकर्मी चन्द्रकिरण बुढाको गुनासो छ । तलवभत्ता नपाउँदा घरखर्च चलाउनै मुश्किल परेको उनीहरुको भनाइ छ । पालिकाका अन्य क्षेत्रमा काम गरिरहेका कर्मचारीहरुले समयमै तलव भत्ता लिइरहेका छन् । तर स्वास्थ्यका स्थायी कर्मचारीले भने तलव नपाएका हुन् ।

काम गर्दा पनि तवलभत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी किशोरकुमार रावतले आक्रोश पोख्नुभयो । नगरपालिकाले भने आवश्यकता भन्दा धेरै जनशक्ती हुँदा स्थानीय तहबाट तलवभत्ता दिन नसकिएको बताउँछ । संघीय सरकारले सरुवा गरेर पठाउने तर तलव नपठाएका कारण समस्या उत्पन्न भएको पालिका प्रमुख मोहनमाया ढकालको भनाइ छ ।

स्घीय सरकारले सुरुमा स्वास्थ्यतर्फका कर्मचारीका लागि मात्रै तलव पठायो । पछि समयोजन मिलान गरेका र संशोधन नियमावली बनेपछि दुईवटा पालिकाको सहमतिमा वीरेन्द्रनगरमा सरुवा भएका कर्मचारीले अहिलेसम्म तलव नपाएका हुन् ।

  • ७ असार २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech