आज अन्तर्राष्ट्रिय योग दिवस, कोहलपुरमा प्रभातफेरी

    • स्वास्थ्य पेज

  • ६ असार २०८०, बुधबार

नेपालगन्ज: अन्तर्राष्ट्रिय योग दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा कोहलपुर नगरपालिकाले आज बिहान प्रभातफेरी एवम् योग जागरण र्‍याली गरेको छ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ देखि जुन २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

नेपालले भने यस अघिदेखि नै योग दिवस मनाउने गरेको थियो । २०३६ सालको माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर नेपालमा योग दिवस मनाउन थालिएको थियो ।माघ १ गते मनाउने गरिएको योग दिवस जुन २१ तारिखमा सारेपछि अभियानकर्मीले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्न माग गरेका थिए ।

त्यसपछि सरकारले २०७२ साल साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ ।

नियममा रहेर योग गरे विभिन्न स्वास्थ्य समस्या कम हुँदै जाने योग गुरुहरुले बताउँदै आएका छन् ।

  • ६ असार २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech