राष्ट्रपति पौडेल गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना

    • स्वास्थ्य पेज

  • ३० जेष्ठ २०८०, मंगलवार

नेपालगन्ज: राष्ट्रपति रामचन्द्र पौडेललाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ। मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई मंगलबार गंगालाल अस्पतालमा भर्ना गरिएको हो। राष्ट्रपति पौडेल शनिबार पनि गंगालालमा स्वास्थ्य परीक्षणका लागि जानू भएको थियो ।

अस्पताल भर्ना भएका राष्ट्रपतिको विषयमा उनको सचिवालयले भने औपचारिक रुपमा कुनै जानकारी सार्वजनिक गरेको छैन। यस विषयमा अस्पतालका निर्देशक डा चन्द्रमणि अधिकारीले कुनै जानकारी दिन चाहानु भएन ।

  • ३० जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech