अत्याधिक गर्मीले जनजिवन प्रभावित, नेपालगन्जका विद्यालयमा ३१ गतेसम्म गर्मी बिदा

    • स्वास्थ्य पेज

  • २६ जेष्ठ २०८०, शुक्रबार

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाले गर्मी विदा थप गरेको छ ।

अत्याधिक गर्मी भई पठनपाठनमा कठिनाई भएकाले जेठ २१ गतेदेखि २६ गतेसम्म विद्यालयहरु बिदा दिएको उपमहानगरपालिको शिक्षा महाशाखाले चालु शैक्षिक सत्रको गर्मी बिदामा समायोजन हुनेगरि गर्मी बिदा आउँदो ३१ गते बुधवार सम्म थप गरेको हो ।

जेष्ठ २४ गतेको जल तथा मौसम विज्ञान विभागको सूचना अनुसार देशका तराईको भुभागहरुमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु (Heat Wave) संभावना यथावत देखिएकाले बिदा थप गरिएको सूचना मार्फत जानकारी दिईएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय बाँकेले तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन अपिल गरेको थियो । तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम बढेकाले जनजिवन कष्टकर बनेको छ ।

  • २६ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech