फ्रेन्च मेस्कुलन सलाद : यो सलाद बनाउन कलिलो खालको मिक्स लेटुस २०० ग्राम ( कम्तीमा पाँच प्रकारका) लिएर आइस वाटरमा धोएर सुक्खा क्रन्ची बनाउने । मस्टर्ड मेस्ट आधा चम्चा, रेड वाइन या सेरी भिनेगर दुई चम्चा, दुई ड्रप्स जैतुनको तेल र नुन स्वादअनुसार हालेर ड्रेसिङ बनाई पत्तामा मिसाएर सर्भ गर्न सकिन्छ । यो सलाद विश्वभर अति नै लोकप्रिय छ । साइड सलाद होस् या अप्पिटाइजर, जसरी नि पस्कन सकिन्छ ।
लेबनिस कुकम्बर कर्ड सलाद : यो सलाद बनाउन जति सजिलो छ, त्योभन्दा कैयौँ गुणा स्वास्थ्यसम्बन्धी फाइदा र शीतलता प्रदान गर्छ । एउटा काँक्रोलाई स–साना टुक्रामा काटेर एउटा बाउलमा राख्ने । एक कप लो फ्याटवाला प्लेन दही लिएर एउटा लेमन निचोरेर हाल्ने ।
ग्रिक सलाद : यो सलाद बनाउन स–साना डाइसमा दुई सय ग्राम काँक्रो काटेर एउटा बाउलमा राख्ने । तीन कलरको भेडेखुर्सानी मिसाएर ८० ग्राम र २० ग्राम डाइस टोम्याटो मिसाउने । एउटा मध्यम साइजको प्याज डाइस काटी हाल्ने र साथमा केही कालो जैतुन स्लाइस काटेर मिसाइदिने । स्वादका लागि नुन, मरिचको धुलो, ओरिगानो धुलो, रेड वाइन, भिनेगर, मस्टर्ड पेस्ट, गार्लिक र जैतुनको तेल हालेर मोल्दिने । अन्तमा २० ग्राम फेत चिज डाइस काटेर टप गर्निस गरी सर्भ गर्ने ।