कोहलपुरको अकलघरुवामा घुम्ती शिविर हुँदै (यस्ता छन् सेवाहरु)

    • स्वास्थ्य पेज

  • १७ जेष्ठ २०८०, बुधबार

नेपालगन्जः कोहलपुर नगरपालिका १५ स्थित अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र अकलघरुवामा सामान्य स्वास्थ्य, हाडजोर्नी र नशारोग तथा पुनःस्थापना सम्वन्धी घुम्ती शिविरको आयोजना गरिएको छ ।

कोहलपुर नगरपालिका बाँके र विकलाङ्ग मित्र समूह÷अपाङ्गबाल अस्पताल तथा पुनःस्थापना केन्द्र, बनेपा काठमाडौंको संयुक्त आयोजनामा यही जेठ २५ गते सामान्य स्वास्थ्य, हाडजोर्नी र नशारोग तथा पुनःस्थापना सम्वन्धी घुम्ती शिविरको आयोजना गरिएको हो ।

शिविरमा जन्मजात वा पछि खुट्टाको पैतला भित्र वा बाहिर फर्किएको, खुट्टा लुला वा कमजोर भएको, भाँच्चिएको, बाङ्गो भएको वा हड्डी नजोडिएको, जोर्नीहरु दुख्ने, सुन्निने बाङ्गीएको वा खुस्किएको, हड्डी पाकेर लामो समयदेखि पीप आइरहने लगायतका बिरामीले सेवा लिन सक्ने छन् ।

 

  • १७ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech