औषधि व्यवस्था विभागको महानिर्देशकमा ढकाल, प्रसूति अस्पतालमा अधिकारी

    • स्वास्थ्य पेज

  • १७ जेष्ठ २०८०, बुधबार

नेपालगन्जः औषधि व्यवस्था विभागको निर्देशक परिवर्तन भएको छ। स्वास्थ्य मन्त्री मोहन बस्नेतले नारायण ढकाललाई महानिर्देशकको जिम्मेवारी दिनुभएको हो।

विभागका महानिर्देशक भरत भट्टराईलाई हटाउँदै ढकाललाई जिम्मेवारी दिइएको मन्त्री बस्नेतको सचिवालयले जनाएको छ। भट्टराईलाई प्रयोगशालामा पठाइएको छ।

ढकालले महानिर्देशकको पत्र बुझिसक्नु भएको छ। ढकाल लामो समयदेखि भूमिकाविहीन हुनुहुन्थ्यो। उहाँलाई कुनै पनि जिम्मेवारी नदिँदा मन्त्रालयमा हाजिर गर्दै फर्कनुपर्ने अवस्था थियो।

यसैगरी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा श्री अधिकारीलाई नियुक्त गरिएको छ । स्वास्थ्यमा अस्पताल र विभागमा गरी करिब २० जनाको सरुवा भएको छ । स्वास्थ्य सेवा विभागको महानिर्देशक भने यथावत् राखिएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा रुद्र मरासिनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र उहाँको स्थानमा डा बद्री रिजाललाई ल्याइएको छ । डा चुमनलाललाई स्वास्थ्य मन्त्रालय तानिएको छ ।

  • १७ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech