सञ्चयकोषको उपचार खर्च दम्पतीमा विस्तार

    • स्वास्थ्य पेज

  • १६ जेष्ठ २०८०, मंगलवार

नेपालगन्जः सरकारले कर्मचारी सञ्चयकोषका बचतकर्ताले पाउने उपचार खर्चलाई दम्पतीमा विस्तार गरेको छ । यसअघि सम्बन्धित बचतकर्ताले मात्रै बिरामी वा घाइते भएमा पाउने उपचार खर्च अब पति वा पत्नी दुवैले समेत पाउनेछन् ।

अर्थमन्त्री डा प्रकाशशरण महतले ‘कर्मचारी सञ्चय कोषबाट सञ्चालित सञ्चयकर्ता स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताको पति वा पत्नी समेतलाई समावेश गर्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो ।

बजेटमार्फत गरिएको घोषणा कार्यान्वयनमा आए पति सञ्चयकर्ता भए उनकी पत्नीले र पत्नी सञ्चयकर्ता भए उनका पतिले पनि स्वास्थ्य उपचारको सुविधा पाउनेछन् ।
कर्मचारी सञ्चयकोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीका अनुसार, अहिलेसम्म सञ्चयकर्ताले मात्रै उपचार खर्च पाउँदै आएका छन् ।

सञ्चयकर्ताले सामान्य रोग लागेमा वर्षको १ लाख र जटिल रोग लागेमा सेवा अवधिभर १० लाख रुपैयाँ उपचार खर्च बापत पाउँछन् । त्यसरी रकम पाउँदा उनीहरुले सञ्चय गरेको रकम भने काटिदैन । अहिले ५ लाख ५५ हजार सञ्चयकर्ताहरु कर्मचारी सञ्चयकोषमा आवद्ध छन् ।

  • १६ जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech