डुडुवा स्वास्थ्य शाखा प्रमुखमा शर्मा

    • स्वास्थ्य पेज

  • १२ जेष्ठ २०८०, शुक्रबार

नेपालगन्जः बाँके डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखमा हेमन्त शर्माले जिम्मेवारी सम्हाल्नुभएको छ । स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा सेवा निवृृत भएपछि विहीबारदेखि शर्माले शाखाको जिम्मेवारीसम्हाल्नुभएको हो ।

बेतहनी स्वास्थ्य चौकी इन्चार्ज जनस्वास्थ्य निरीक्षक शर्माले स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरिरहेको कार्यलाई निरन्तरता दिदै थप प्रभावकारी बनाउनमा मुख्य जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता गर्नुभयो । ३७ वर्ष स्वास्थ्य सेवा क्षेत्रमा काम गर्नु भएका बुढा डुडुवामा ६ वर्षदेखि गाउँपालिकामा स्वास्थ्यका क्षेत्रमा विशेष योगदानका साथ काम गर्नु भएको थियो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको प्रमुख लक्ष्य र योजनाका साथ बुढा लगायतको समुहको उल्लेख्य भुमिका रहेको थियो । डुडुवा गाउँपालिकाले जिल्लामै स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रम संचालन गरि अग्रस्थानमा रहेको छ ।

सेवा निवृत बुढालाई गाउँपालिकाका स्वास्थ्य कर्मचारीहरुको समुहले एक कार्यक्रमकाबीच विदाई गरेको छ । कार्यक्रममा बुढालाई फुलमालाअविर लगाएर ससम्मान विदाई गरेका हुन ।

  • १२ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech